सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2025

जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

चितवन, कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा आएका छन् । गत बिहीबार सबै कैदीबन्दीको परिवार तथा आफन्तलाई सम्पर्क गरिएको थियो । सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन् । कार्यालयका प्रमुख…

फिल्म हल सोमबारबाट खुल्ने

काठमाडौँ, जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण बन्द भएका फिल्म हल सोमबारबाट खुल्ने भएका छन् । नेपाल चलचित्र सङ्घको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो । फिल्म हल सोमबार खोल्ने निर्णय गरेको चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र…

टेन्ट टाँगेर सर्वोच्चले थाल्यो सेवा

काठमाडौँ, जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको सर्वोच्च अदालतले आइतबारदेखि आफू सेवा सुरु गरेको छ । अदालत भवन परिसरमा टेन्ट टाँगेर कर्मचारीहरूले काम सुरु गरेका हुन् । आन्दोलनका क्रममा प्रदर्शनकारीले सर्वोच्चको भवनमा आगजनी गर्दा भौतिक…

दसैँमा यातायात सञ्चालनबारे सरोकारवालाको ६ बुँदे निर्णय

काठमाडौँ, चाडपर्वका बेला यात्रुलाई सहजीकरण गर्ने सम्बन्धमा सरोकारवालाको बैठकमा ६ बुँदे निर्णय भएको छ। आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री मन्त्रालयमा भएको बैठकमा ती निर्णय गरिएका हुन् । मन्त्रालयका सचिव केशव शर्माको उपस्थितिमा…

जेनजी आन्दोलनका क्रममा ७२ जनाको मृत्यु

काठमाडौँ, मुख्यसचिव एकनारायण अर्यालले जनेजी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको निधन भएको जानकारी गराएका छन् । सिंहदरबारमा आइतबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहणका क्रममा मुख्यसचिव अर्यालले उक्त जानकारी दिएका हुन् ।…

जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणाः मृतकका परिवारलाई १०÷१० लाख रुपैयाँ

जेनजीको आन्दोलनमा ज्यान गुमाएकाहरुलाई सरकारले शहीद घोषणा गरी उनीहरुका परिवारलाई १०÷१० लाख रुपैयाँको दरले राहत दिने भएको छ । आज पदभार ग्रहण गर्दै अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले यो निर्णयमा हस्ताक्षर गरेका छन । प्रधानमन्त्रीको…

युवा नेत्री सुमनाले छाडिन् रास्वपा

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले पार्टी छाडेको घोषणा गरेकी छन् । रास्वपा प्रवक्ता मनिष झाले ग्रुपमा असन्तुष्टि जनाउँदै पार्टी छाडेको घोषणा गरे पनि पार्टीमा औपचारिक पत्र आइनपुगेको जानकारी दिए । अर्का…

सुक्खा पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

मुस्ताङ, उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम) सडक सुक्खा पहिरोका कारण आज बिहानैदेखि अवरुद्ध बनेको छ । म्याग्दी र मुस्ताङको सिमाक्षेत्र थासाङ गाउँपालिका—४ स्थित काभ्रेभीरमा गएराति सडक माथिबाट सुक्खा पहिरो जाँदा सडक पूर्ण…

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण

काठमाडौं, प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् । त्यसअघि उनले आज बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी…

प्रधानमन्त्रीमा कार्की नियुक्त भएकामा अमेरिकाद्वारा स्वागत

काठमाडौँ, नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा सुशीला कार्की नियुक्त हुनुभएकामा संयुक्त राज्य अमेरिकाले स्वागत गरेको छ। यहाँस्थित अमेरिकी दूतावासले आज विज्ञप्तिमार्फत गत हप्ताको दुःखद् घटनाहरूपछिको शान्तिपूर्ण समाधान भन्दै स्वागत…