सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2026

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री वितरण नगर्न विभागको निर्देशन

काठमाडौँ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा कडाइ गर्ने भएको छ । विभागले विभिन्न १९ वटा प्लास्टिक उद्योग तथा पसलहरूमा एकैपटक अनुमगन गरी ४० माइक्रोनभन्दा कमका प्लास्टिक अब…

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, चिसो बढ्दै

देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पनि तराई र पहाडी भेगका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो तराई भूभागका धेरै ठाउँमा अबेलासम्म नै हुस्सु तथा कुहिरो रहने महाशाखाले जनाएको छ । कोशी,…

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३४ पैसा तोकिएको छ । हिजो अमेरिकी डलर एकको खरिददर…

सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० छापिएको छ । गत कात्तिक २१ गतेदेखि केन्द्रमा लाइसेन्स छपाइ सुरु गरेयता आठ हजार ९८३ लाइसेन्स छपाई भएको यातायात…

निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

काठमाडौँ, निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार देशभरका मतदाता नामावलीका लागि रु…

आज पौष २५ गते शुक्रबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ पौष २५ गते (९ जनवरी २०२६) शुक्रवार, माघ कृष्णपक्ष षष्ठी तिथि, १०ः४० बजेपछि सप्तमी। उत्तरफाल्गुनी नक्षत्र, १७ः२२ बजेपछि हस्त। चन्द्रराशि कन्या। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ पहिलेको सफलताले हौसला जगाउनेछ भने…

राजु परियार ‘लाइभ दोहोरी नाइट’ मा अमेरिकामा प्रस्तुति दिने

काठमाडौँ : चर्चित लोकदोहोरी गायक राजु परियार अमेरिकाको टेक्सास राज्यस्थित इर्भिङमा सांगीतिक प्रस्तुति दिन जाने भएका छन्। उनी जनवरी १६ तारिख शुक्रबार साँझ ७ बजेदेखि इर्भिङस्थित भेटघाट रेस्टुरेन्टमा आयोजना हुने ‘लाइभ दोहोरी नाइट’ कार्यक्रममा…

फिल्म ‘ह्वाङ तामाङ’ विशेष शोपछि देशव्यापी प्रदर्शनमा जाने

काठमाडौँ : तामाङ भाषामा निर्माण गरिएको बहुप्रतिक्षित फिल्म ‘ह्वाङ तामाङ (हामी तामाङ)’ राजधानीका दर्शकलाई लक्षित गर्दै विशेष शोमार्फत प्रदर्शन हुने भएको छ। जिम्बा फिल्म प्रोडक्सनको १४औँ प्रस्तुति रहेको फिल्मको विशेष प्रदर्शन पुस २६ गते…

मिश्रित समीक्षाबीच फिल्म ‘एक्लो–१’ दोस्रो सातामा प्रवेश

काठमाडौँ : फरक धार र नयाँ प्रस्तुतिका कारण चर्चामा रहेको प्रतीक्षित नेपाली फिल्म ‘एक्लो–१’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । भविष्यको उत्तर–अपोकालिप्टिक (विनाशपछिको) नेपालको कथामा आधारित फिल्मले नेपाली सिनेमा क्षेत्रमा नयाँ…

प्रवीण खतिवडाको सन्त अवतारसहित ‘शिवांश’को टिजर सार्वजनिक

काठमाडौं : फिल्म ‘शिवांश’को टिजर सार्वजनिक गरिएको छ । निर्माणपक्षले बिहीबार युट्युबमार्फत टिजर सार्वजनिक गरेको हो। ‘सुरुआत नै अन्त्य हो र अन्त्य नै शिवांश’ भन्ने संवादसँगै सुरु हुने टिजर छोटो तर प्रभावशाली छ। टिजरमा फिल्मका मुख्य कलाकार…