सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

बेपत्ताका परिवार डिएनए परीक्षणको रिपोर्टको पर्खाइमा

बाँके : बाढीमा बेपत्ता भएका व्यक्तिका परिवार डीएनए परीक्षण रिपोर्टको पर्खाइमा छन् । सास वा लास केही फेला नपर्दा आफू सामाजिक संस्कारसमेत गर्न नपाएको नेपालगञ्ज उपमहानगरपालिका–२० अनलाल रोकायले बताए। रसुवा भन्सार कार्यालय…

कृष्णभिरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

चितवन, कृष्णभिरमा नयाँ ‘ट्र्याक’ खोलेर बिहीबार बिहानदेखि दुईतर्फी सञ्चालन गरिने भएको छ । त्रिशूली बाढीबाट सडकको तल्लो भाग बगाएपछि त्यस ठाउँमा उक्त राजमार्ग यही भदौ १४ गते यातायात सेवा सञ्चालन गर्न नमिल्ने गरी भासिएको थियो । सडक भासिएपछि…

लालबहादुरको सिको गर्दै गाउँभरि व्यावसायिक तरकारी खेती

बाजुरा : बाजुराको बडीमालिका नगरपालिका–८ गडखेतका लालबहादुर ऐडीले तरकारी खेती गर्न थालेको दशक पुग्न लाग्यो । सुरुमा सामान्य परम्परागत खेती गर्दै आएका ऐडीले व्यावसायिक रूपमा तरकारी खेती सुरु गरेपछि हाल उनको दैनिकी बारीको हेरचाह,…

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दी : म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीका कमला बानियाँ थापाले जलजला गाउँपालिका–३ पर्वत बेनीमा सञ्चालन गरेको ‘थापा लोकल मार्ट’मा दुई वर्षअघि सम्म स्थानीय ग्राहक मात्रै आउँथे। म्याग्दी, मुस्ताङ र पर्वतका…

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

मुस्ताङ, जलवायु परिवर्तन सम्मेलन गर्ने एक वर्षअघिदेखिको घरपझोङ गाउँपालिकाको सपना पूरा भएको छ । जलवायु परिवर्तनको असरबाट नेपालमात्र नभई विश्व नै प्रभावित भइरहेका बेला भएको सम्मेलनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरबाट समेत निकै चासोका साथ…

पोखरामा पेन्सन पट्टाको विशेष शो सम्पन्न,सामाजिक यथार्थ र मौलिक संस्कृतिले सबैको मन छोयो

पोखरा, पहाडको काखमा हुर्किएको गाउँ, आफ्नै लयमा बाँचिरहेको समाज, परदेशिएको लाहुरेको जीवन, परिवारभित्रका सम्बन्ध, पुराना संस्कार र त्यसैबीच उम्रिएको प्रेम । यिनै कथा र संवेदनालाई पर्दामा उतारेको चलचित्र ‘पेन्सन पट्टा’ ले पोखरामा दर्शकको मन…

भोटेकोशी बाढीले खोस्यो पौडेल परिवारको सहारा

बर्दिया  : भोटेकोशी बाढीले बर्दिया बाँसगढी नगरपालिका–८, लक्ष्मणाका सोमनाथ पौडेलको परिवारको सर्वस्व सकिएको छ। बाढीमा परी पौडेल परिवारका चार जना सदस्य सम्पर्कविहीन भएपछि परिवारमा बज्रपात परेको छ। …

१४ वर्षमै आमा, अनिच्छुक गर्भधारण गर्न बाध्य

म्याग्दी : बालविवाहका कारण शारीरिक तथा मानसिक रूपमा परिपक्व नहुँदै गर्भवती हुने र आमा बन्ने अवस्था देखिएको छ । जिल्लामा गत आर्थिक वर्ष सुत्केरी भएकामध्ये झन्डै पाँच जनामा एक जना २० वर्षमुनिका छन् भने एक किशोरीले १४ वर्षमै आमा…

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

काठमाडौं : विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा मैलुङका गणेश नेपालीले प्रस्तुत गरेका छन् । यही भदौ १० गते बिहान भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीबाट अकल्पनीय रूपमा जोगिनुभएका नेपाली आफूलाई जोखिम मोलेर…

जलवायु न्यायका लागि मुस्ताङबाट साझा घोषणापत्र जारी गरिदै

मुस्ताङ, जलवायु परिवर्तनको असर हिमालदेखि तराईसम्म बढ्दै गएको विषयमा स्थानीय तहका जनप्रतिनिधिहरूले साझा धारणा बनाउन मुस्ताङमा मन्थन सुरु गरेका छन् । घरपझोङ गाउँपालिकाको आयोजनामा मंगलबारदेखि जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु भएको…