सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2025

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

चितवन, पहिरोका कारण एकतर्फी मात्र रहेको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार चितवनको इच्छाकामना–५ स्थित तुइनखोला नजिकै पहिरो खसेपछि आज बिहान ९ बजेदेखि एकतर्फी मात्र सञ्चालनमा रहेको थियो ।…

नवनियुक्त तीन मन्त्रीद्वारा सपथग्रहण

काठमाडौँ, नवनियुक्त तीन मन्त्रीले सोमबार शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृहका साथै…

‘सक्ने सेवा दिने, नसक्ने सेवाका बारेमा सूचना दिने’

चितवन : गत हप्ताको आन्दोलनको क्रममा जिल्लाका ७९ सरकारी कार्यालयमा क्षति भएको छ । निजी क्षेत्रका १७ व्यावसायिक र निजी घरमा क्षति पुगेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार क्षति पुगेका कार्यालयको मूल्याङ्कनका लागि…

पोखरामा आजदेखि सहुलियत छुट मूल्य पसल

गण्डकी : पोखरामा आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने भएको छ । नजिकिँदै गरेका दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी आजदेखि कात्तिक १० गतेसम्मका सहुलियत पसल सञ्चालन गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड…

कञ्चनपुर कारागारबाट बाहिरिएका दुई सय ३९ कैदीबन्दी फिर्ता

कञ्चनपुर : जेनजी आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट बाहिरिएका २३९ कैदीबन्दी फिर्ता भएका छन् । कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार  फिर्ता हुनेमा २२७ पुरुष र १२ महिला कैदीबन्दी रहेका छन् । …

पोखरामा आजदेखि सहुलियत छुट मूल्य पसल

गण्डकी, पोखरामा आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने भएको छ । नजिकिँदै गरेका दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी आजदेखि कात्तिक १० गतेसम्मका सहुलियत पसल सञ्चालन गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गण्डकी…

क्षतिको बीमा दाबी गर्न बीमा प्राधिकरणको आग्रह

नेपाल बीमा प्राधिकरणले जेनजी आन्दोलनका क्रममा भएका जनधनको क्षतिको बीमा दाबी गर्न आग्रह गरेको छ । प्राधिकरणले सूचना निकालेर भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएका जनधनको क्षतिको बीमा दाबी गर्न आग्रह गरेको हो । बीमितहरूले बीमालेखको…

सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

काठमाडौँ, नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १०० रुपैयाँ बढ्दै तोलामा २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको हो । यसअघि आइतबार सोही…

भदौ २७ मा रोकिएको ओप्सना अवार्ड कहिले खुल्ला

काठमाडौं : जेनजी आन्दोलनले रोकिएको ‘राष्ट्रिय ओप्सना फिल्मस् एण्ड म्युजिक अवार्ड २०८२’ दोश्रो संकरणको फाइनल कार्यक्रम अनिश्चित बनेको छ। ओप्सना फिल्मस् प्रा.लि.ले हरेक वर्ष आयोजना हुँदै आएको यो अवार्ड रोकिएको हो। देशको वर्तमान बदलिंदो…

पुनः निर्माणमा निःशुल्क प्राविधिक सहयोग गरिने

काठमाडौँ, देशभरका इञ्जिनियरहरुको छाता संस्था नेपाल इञ्जिनियर्स एसोसिएसनले क्षतिग्रस्त भौतिक संरचनाको क्षतिको मूल्याङ्कन र पुनः निर्माणका लागि निःशुल्क प्राविधिक सहयोग गर्ने भएको छ । एसोसिएसनका महासचिव विनोदप्रकाश पण्डितले आइतबार एक…