सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2025

राप्रपाका ४२ सांसदले दिए राजीनामा

काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीको सङ्घ र प्रदेशका ४२ सांसदले राजीनामा दिएका छन् । राप्रपाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘देशमा विकसित पछिल्लो घटनाक्रमबाट वर्तमान सरकार, संसद् र संविधानको औचित्य समाप्त भइसकेको छ। यस सन्दर्भमा…

ओलीले दिए प्रधानमन्त्री पदबाट राजीनामा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। उनले मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै आज पदबाट राजीनामा दिनुभएको उनको सचिवालयले जनाएको छ। विक्रम संवत् २०८१ असार ३१ गते नेपालको संविधानको धारा ७६ (२)…

प्रदर्शनकारीले लगाए सिंहदरबारको मूल गेटमा आगो

प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा आगो लगाएका छन् । आक्रोशित प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा मंगलबार दिउँसो आगो लगाइदिएका हुन् । प्रदर्शनकारीहरूले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका…

पोखरा महानगरपालिकाको कार्यालयमा आगजनी, प्रहरीको गोली प्रहारबाट एक जना घाइते

पोखरा, पोखरामा आन्दोलनका क्रममा गोली प्रहारबाट एक जना आन्दोलनकारी घाइते भएका छन् । पोखरा महानगरपालिकाको कार्यालय अघि प्रदर्शनका क्रममा प्रहरीले आन्दोलनकारीमाथि गोली चलाएका हुन् । प्रदर्शनकारीले महानगर कार्यालय तोडफोड गरेका छन् ।…

जेनजी आन्दोलन : पोखरामा हवाई फायर

कास्की, जेनजीको प्रदर्शनको क्रममा पोखरामा हवाइ फायर भएको छ । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र हवाइ फायर गरेको हो। सो क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । घाइतेमध्ये एक जनालाई अस्पताल पुर्याइएको छ ।

अध्यक्ष दाहालको निवासमा तोडफोड

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित निवासमा प्रदर्शनकारीले  तोडफोड  गरेका छन्। प्रदर्शनकारीले अध्यक्ष दाहालको निवासमा तोडफोड गरेका अध्यक्ष…

संवादबाट समाधान खोज्न प्रधानन्त्रीको आग्रह, सर्वदलीय बैठक आव्हान

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीेले मुलुकमा उत्पन्न असहज परिस्थितिको अन्त्यका निम्ति संवादका माध्यमबाट निकास खोज्न आग्रह गर्दै आज साँझ ६ः०० बजेका लागि सर्वदलीय बैठक आव्हान गरेका छन् । प्रधानमन्त्री ओलीले आज अपिल जारी गर्दै सोमबार…

अनिश्चितकालीन यातायात बन्दको घोषणा

काठमाडौँ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशव्यापी रूपमा अनिश्चित कालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने घोषणा गरेको छ । महासङ्घले भदौ २३ गते ‘जेन जिन’ समूहले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारको दमनका…

एमालेलाई अभिनेतृ करिश्माको बाइबाइ!

काठमाडौं : अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमाले त्यागेको घोषणा गरेकी छन् । जेनजीको आन्दोलनमा प्रहरीले गरेको दमनमा १९ युवाको ज्यान गएको भोलिपल्टकरिश्माले आफूले राजनीतिक दल छाडेको घोषणा गरेकी हुन् । सामाजिक सञ्जालमार्पत उनले आफू जनताकै…

निषेधाज्ञा जारी भएपछि सेयर कारोबार स्थगन

काठमाडौं: काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएपछि आज पुँजीबजारको कारोबार स्थगन भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सार्वजनिक सूचना जारी गर्दै सोमबारको कारोबार स्थगन गरिएको जनाएको हो। ‘चक्रपथभित्र कर्फ्यू  आदेश…