सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौँ, नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता हित संरक्षण तथा दूरसञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै मोबाइल सेवा प्रदायक कम्पनीलाई विभिन्न निर्देशन जारी गरेको छ । प्राधिकरणले शुक्रबार जारी…

कङ्गोमा इबोला संक्रमणका कारण ३३० जना बालबालिकाको मृत्यु : युनिसेफ

लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोलाको प्रकोपले ३३० जना बालबालिकाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले जनाएको छ । युनिसेफका अनुसार सबैभन्दा बढी प्रभावित इटुरी प्रान्तमा आवश्यक स्वास्थ्य सेवाहरू प्रवाहमा गम्भीर…

साइनाइडले हात्ती मारेको दाबीमा विवाद

केन्याको अम्बोसेली राष्ट्रिय निकुञ्ज आसपास एक महिनाको अवधिमा १५ वटा हात्ती मरेपछि प्रारम्भिक परीक्षणमा साइनाइड विषाक्तता देखिए पनि त्यसको स्रोत र मृत्युको वास्तविक कारणबारे विवाद उत्पन्न भएको छ । वन्यजन्तु अधिकारीहरूले हात्तीले…

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

झापा : कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका तथा विद्यालय बाहिर रहेका १२५ जना बालबालिकालाई लक्षित गर्दै वैकल्पिक कक्षा सञ्चालन गर्ने भएको छ। विसं २०६३ असोज २ गतेपछि जन्मिएका र आधारभूत तह कक्षा ८ उत्तीर्ण गर्न…

संविधान संशोधनलाई हलुका ढङ्गले लिनुहुँदैनः गगन थापा

काठमाडौँ, नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकार र सत्तारुढ दल रास्वपाले संविधान संशोधनबारे हलुका ढङ्गले लिएको भन्दै कांग्रेसले त्यसो गर्न नदिने बताएका छन्। शुक्रबार पार्टी निकट आदिवासी जनजाति महासङ्घको सम्मेलनलाई सम्बोधन गर्दै…

बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान

चितवन, डिभिजन वन कार्यालय चितवनले मानव बस्ती र आसपासका क्षेत्रमा बाघ र चितुवाको गतिविधि बढेपछि क्यामरा र खोरको व्यवस्थापन गरी अनुगमन थालेको छ । मानव बस्तीमा प्रवेश गर्ने बाघ र चितुवाको अनुगमन गर्न क्यामेरा जडान तथा नियन्त्रणमा लिन खोरको…

नेपाल वायुसेवा निगमले जापानमा उडान थप्दै

काठमाडौँ, नेपाल वायुसेवा निगमले जापानमा उडान थप्ने भएको छ । यात्रुहरूको उच्च माग तथा नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै निगमले यस्तो निर्णय गरेको हो । यही सेप्टेम्बर १८ देखि जापानसम्मको नियमित उडान हप्ताको चार पटक सञ्चालन गर्ने गरी…

पुरानो पोखरा जोगाएर नयाँ पहिचान बनाऔँ : शंकर बास्तोला

पोखरा, पोखराको विकास आधुनिक पूर्वाधारमा मात्र सीमित नभई यसको ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षणसँग जोडिनुपर्नेमा पोखरा महानगरपालिका–४ का पूर्व वडाध्यक्ष शंकर प्रसाद बास्तोलाले जोड दिएका छन्। उनका अनुसार पोखराको वास्तविक पहिचान…

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

काठमाडौं, आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलो बम्पर उपहार विजेता घोषणा गरेको छ। विभागका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिकाको शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँ बराबरको सामान खरिद गरेका…

५० वर्षको सेवायात्रा उत्सवमा बदल्दै लायन्स क्लब अफ पोखरा, मङ्सिर ५ मा स्वर्ण महोत्सव

पोखरा, पाँच दशकदेखि सामाजिक सेवामा निरन्तर सक्रिय रहेको लायन्स क्लब अफ पोखरा आफ्नो ५० वर्षे गौरवपूर्ण यात्रा विशेष कार्यक्रमका साथ मनाउने तयारीमा जुटेको छ। क्लबले आगामी मङ्सिर ५ गते पोखरा इभेन्ट सेन्टरमा स्वर्ण जयन्ती समारोह आयोजना गर्दै…